सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीले अनलाइन प्रणालीमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (Online Police Clearance Report) निःशुल्क रूपमा प्राप्त गर्न सकिने जानकारी दिएको छ ।
नेपाल प्रहरीका अनुसार चारित्रिक प्रमाणपत्र बनाउन कुनै पनि शुल्क नलाग्ने भएको छ । सेवाग्राहीले नेपाल प्रहरीको आधिकारिक वेबसाइटhttps://opcr.nepalpolice.gov.np मा गई अनलाइन आवेदन दिन सक्नेछन् ।
अनलाइन आवेदन दिएपछि कुनै अतिरिक्त शुल्क नतिरी चारित्रिक प्रमाणपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै, यस सेवाको नाममा कसैले आर्थिक लाभ लिन खोजेमा १०० नम्बरमा फोन गरेर वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि नेपाल प्रहरीले आग्रह गरेको छ ।
प्रहरीका अनुसार अनलाइन प्रणालीबाट सेवा लिन सकिने भएकाले सेवाग्राहीलाई समय र खर्च दुवैको बचत हुने विश्वास गरिएको छ ।