सुर्खेत प्रहरीको नियन्त्रणमा परे ब्राउन सुगरसहित २२ वर्षीय युवक

बुधबार, पुस २, २०८२
Honor 600 pro

सुर्खेत। सुर्खेत प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ सल्लाघारीका २२ वर्षीय बादल बादी रहेका छन्।

लागुऔषधको कारोबार भइरहेको सूचना पाएर प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको टोलीले बादललाई सल्लाघारीबाटै ४७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको सुर्खेत प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका बादलविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

 

 

 

 । 

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  ०९:४९
प्रतिक्रिया दिनुहोस्