बर्दिया र दाङबाट ब्राउन सुगरसहित ३ युवक पक्राउ,दुई मोटरसाइकल नियन्त्रणमा

मंगलबार, पुस १, २०८२
honor mob  winter sales

काठमाडौं । बर्दिया र दाङमा ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट आइतबार दिउँसो राजापुर नगरपालिका–१० भगतपुरका २२ वर्षीय कमल गिरीलाई ९ सय २० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो। प्रहरी चौकी महम्मदपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी गुलरिया नगरपालिका–१० लडकनिया घाट भादापुरूवाबाट आइतबार बेलुकी बारबर्दिया नगरपालिका–६ जयनगरका २२ वर्षीय समिर चौधरी १ ग्राम २ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे ९ प १९३३ नम्बरको मोटरसाइकलमा सवार उनलाई नियन्त्रणमा लिएको हो।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कबाट दंगीशरण गाउँपालिका–४ बैबाङका २४ वर्षीय रोशन चौधरीलाई ५ सय १० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित आइतबार दिउँसो पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले रा ८ प ३७४८ नम्बरको मोटरसाइकलमा सवार उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्