साझा प्रजातान्त्रिक प्यानललाई मुस्लिम मतदाताको साथ

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका मुस्लिम मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई साथ दिने भएका छन् । 

Honor x7 pad

मुस्लिम मतदाताहरुले संघको नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहलाई साथ दिने जनाएका हुन । 

निर्वाचनको प्रचार प्रसारमा क्रममा मतदाताको घरदैलो पुग्दै गरेको प्रजातान्त्रिक समूहलाई यो पटकको निर्वाचनमा जिताउने उनीहरुको भनाई छ ।

व्यवसायी बदरुद्दिन अन्सारीले अबको नेतृत्व साझा प्रजातान्त्रिकले पाउने भएकाले हाम्रो साथ यसैलाई रहेको बताए। 

ललितकुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघ आसन्न निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ । 

प्रचारलाई तिब्र बनाएको अध्यक्ष पदका उम्मेदवार रौनियारले मुस्लिम मतदाताले आफुहरुको साथ रहेको बताएको बताए । मुस्लिम समुदायको व्यक्तिले नेतृत्व गरिसकेको भन्दै मतदाताले यो पटक परिवर्तनका लागि नेतृत्व हुने बताएको उम्मेदवार रौनियारले बताए। 

मुस्लिम समुदायका मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको सदस्य पदका उम्मेदवार अतुल गुप्ताले बताए । संघको निर्वाचनमा हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं, उम्मेदवार गुप्ताले भन्नुभयो, यही समस्याहरु साधानका निम्ति आफुहरुको नेतृत्वले काम गर्ने हो । 

संघको आसन्न निर्वाचन यही भाद्र २ गते तय भएको छ । यो क्रममा उम्मेदवारहरुको नाम पनि चयन भइसकेको र मतदाताहरुमाझ पुग्ने क्रमलाई तिब्र बनाएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्