नेपालगञ्जको त्रिभुवन चोकबाट स्रोत नखुलेको साढे ४ लाख रुपैयाँसहित व्यापारी पक्राउ

सोमबार, मंसिर २९, २०८२
honor mob  winter sales

नेपालगञ्ज । नेपालगञ्जको त्रिभुवन चोकबाट प्रहरीले स्रोत नखुलेको लाखौं भारतीय र नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सुनिलकुमार बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

Honor x7 pad

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले बानियाँको साथबाट भारतीय रुपैयाँ ३ लाख ७२ हजार ७ सय र नेपाली रुपैयाँ १ लाख फेला पारेको हो। बरामद रकममा भारतीय ५ सयका ६४५ थान, १ सयका ५०२ थान तथा नेपाली १ हजारका १ सय थान नोट रहेका छन् ।

त्रिभुवन चोकस्थित कुमार जनरल स्टोरका सञ्चालकसमेत रहेका बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्दै आएको सूचनापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

बरामद रकम र पक्राउ परेका बानियाँलाई आवश्यक अनुसन्धानका लागि आजै राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाइमेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्