सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँके जिल्लाभर सन्चालनमा रहेका निजी स्वास्थ्य संस्था दर्ता तथा नविकरणको लागि स्वास्थ्य कार्यालय बाँकेले सूचना प्रकाशित गरेको छ ।
स्वास्थ्य कार्यालयमा बाँकेका दर्ता हुनुपर्ने पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक, फिजियोथेरापी सेवा दर्ता र नविकरण नभएको भएमा अब दर्ता तथा नविकरण गरि मात्र संचालन गरि सेवा प्रदान गर्नुपर्ने छ ।
त्यस्तै लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य सँस्था सन्चालन नविकरण, स्तरोन्नती ऐन २०७६ र नियमावली २०७७ - २०८० बमोजिम प्रदेश तथा संघमा दर्ता हुनुपर्ने १५ बेड भन्दा माथिका अस्पतालहरुको सिफारिस पनि स्वास्थ्य कार्यालयबाट हुने हुँदा मापदण्ड पुर्याइ संघ -प्रदेशमा सिफारिस गर्नुपर्ने भएमा सो सेवा लिन समेत स्वास्थ्य कार्यालय, बाँकेले सूचनामा उल्लख गरी सुचना प्रकाशित गरेको छ ।