कोहलपुरबाट ब्राउन सुगरसहित दुईजना प्रहरीको नियन्त्रणमा

आइतबार, मंसिर २८, २०८२
honor mob  winter sales

कोहलपुर । बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका-६ रझेनाबाट ब्राउन सुगरसहित २१ वर्षीय रोहित थारू र अर्का एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

कोहलपुर प्रहरीले उनीहरूको साथबाट ५ सय ६० मिलिग्राम ब्राउनसुगर ,१ थान डिजिटल तराजु र नगद २२ हजार २ सय २५ रुपैयाँ बरामद गरेको बाँके प्रहरीले जनाएको छ। साथै उनीहरूले प्रयोग गरेको लु.प्र.०३–००१ प ३५६९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको हो।

शुक्रबार दिउँसो पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्