बाँके ट्राफिक प्रहरीले हटायो ३ सय गाडीमा राखिएका ४६७ अवैध सिट

शुक्रबार, मंसिर २६, २०८२

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नियमित साप्ताहिक अनुगमन क्रममा सार्वजनिक सवारीसाधनमा थप गरिएको अवैध सिट हटाउने अभियान सञ्चालन गरेको छ ।  बाँके ट्राफिक प्रहरी कार्यालयका अनुसार यस हप्तामा अनुगमनका क्रममा आफैँखुशी सिट थप गरी सञ्चालनमा रहेका ३०० सार्वजनिक सवारीबाट ४६७ वटा अतिरिक्त (अवैध) सिट तथा ‘ग्याप सिट’ हटाइएका हुन् ।

Honor x7 pad

अनुगमनका क्रममा चालक तथा सवारीधनीलाई एकपटकका लागि सम्झाइ–बुझाइ गरी नियम विपरीत थप गरिएका सिट नचलाउन चेतावनी समेत दिइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यस्तै, रात्रीकालीन दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस अभियान अन्तर्गत १ हजार १३२ वटा साइकल, ई–रिक्सा तथा अन्य सवारीसाधनमा स्टिकर टाँस गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले दुर्घटना रोकथाम, जनचेतना वृद्धि तथा सुचारु सवारी व्यवस्था कायम गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्