नेपाल प्रहरीले खोल्यो ठुलो संख्यामा इन्स्पेक्टर र असईका लागि भर्ना (सूचनासहित)

शुक्रबार, मंसिर २६, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीले इन्स्पेक्टर असईका लागि भर्ना आह्वान गरेको छ।  प्रहरी प्रधान कार्यालय नक्सालले आज सूचना जारी गर्दै २१ इन्स्पेक्टर र ४३८ जना असईका लागि भर्ना खुलाएको हो।

आज जारी गरिएको विज्ञापनमा प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टरका लागि ६ पुषदेखि ५ माघसम्म आवेदन दिन सकिने र असईका लागि ९ पुसदेखि ८ माघसम्म आवेदन दिन जनाएको छ।

जरी सूचनामा खुलातर्फको इन्स्पेक्टरक्ल आवेदन फारामका लागि १२ सय रुपैयाँ र समावेशीतर्फ थप २४० रुपैयाँ शुल्क तिर्नुपर्ने उल्लेख  गरिएको छ। त्यसैगरी असईतर्फको खुलामा ५ सय रुपैयाँ र एक भन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

आवेदन दिने इच्छुक उम्मेदवारहरु इन्स्पेक्टरका लागि २० वर्ष पूरा गरेर २५ वर्ष ननाघेको र असईका लागि १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि स्नातक तह (वा सो सरह) र असईका लागि प्रमाणपत्र तह( प्लस टु) उत्तीर्ण भएको हुनुपर्ने प्रावधान रहेको छ।

इच्छुक आवेदकहरुले इन्स्पेक्टर र असईको दरखास्त फाराम अनलाइनमार्फत भर्न सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। 

यस्तो छ भर्ना सम्बन्धि सूचना -

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्