सचेतना विद्यालयमै: धनौली प्रहरीको टोलीद्वारा विद्यार्थीलाई सुरक्षा शिक्षा

बुधबार, मंसिर २४, २०८२
Honor 600 pro

बाँके। बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रम दिएको छ। आज खजुरा गाउँपालिका–५ उढरापुरमास्थित श्री भानु माध्यमिक विद्यालयमा प्रहरी टोलीले सचेतनामूलक कार्यक्रम संचालन गरेको हो

प्रहरी स‌हायक निरीक्षक मनिराम थारुको कमाण्डमा गएको दुई जनाको टोलीले विद्यालयमा अध्ययनरत २५ जना छात्रा र ३० जना छात्र सहित कुल ५५ विद्यार्थीलाई साइबर अपराध, ट्राफिक नियमको पालना, सामाजिक मर्यादा, अनुशासन तथा विभिन्न अवाञ्छित गतिविधिबाट जोगिने उपायबारे सचेतना कक्षा दिएको इलाका प्रहरी कार्यालय धनुलीले जानकारी दिएको छ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई सुरक्षित रहन, जिम्मेवार डिजिटल प्रयोग गर्न तथा सडक सुरक्षामा सचेत हुने महत्वपूर्ण सन्देश प्रदान गरिएको धनौली प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्