सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको नेपालगन्जबाट लागुऔषध खैरो हेरोइनसहित अटोरिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र बाँके प्रहरीको संयुक्त टोलीले १ ग्राम ३२० मिलिग्राम खैरो हेरोइनसहित नेपालगन्ज-२१ का २४ वर्षीय गोलु बढईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार राति नेपालगन्ज-४ कलपत्रु होटेल अगाडि भे १ ह ९५१० नं. को अटो चालक गोलुलाई १ ग्राम ३२० मिलिमिटर खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको हो। खैरो हेरोइनसँगै राखेर जाँदै गरेको अवस्थामा टोलीले गोलुलाई एक थान मोबाइलसहित पक्राउ गरेको हो।
पक्राउ परेका गोलुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।