सवारी ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगन्जको भेरी अस्पताल नजिकबाट पक्राउ

आइतबार, मंसिर २१, २०८२
Honor 600 pro

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सवारी ज्यान मुद्दामा सम्मानित बाँके जिल्ला अदालतले २०७९ चैत २ गते १ महिना १८ दिन कैद सजाय सुनाएका बाँकेका मदन भण्डारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार भण्डारीलाई आज बिहान नेपालगन्ज उपमहानगरपालिका–१० भेरी अस्पताल नजिकबाट पक्राउ गरिएको हो।

भण्डारीलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्