फुटाहबाट खजुराका तौफिक ब्राउन सुगरसहित बर्दिया प्रहरीको नियन्त्रणमा

आइतबार, मंसिर २१, २०८२
Honor 600 pro

बर्दिया। बर्दियाको फुटाहबाट प्रहरीले ब्राउन सुगरसहित बाँकेका एक युवकलाई पक्राउ गरेको छ।

जिल्लाको बढैयाताल गाउँपालिका-२ फुटाह सागुनघारीबाट इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले ३ ग्राम ५८० मिलिग्राम ब्राउनसुगरसहित बाँकेको खजुरा गाउँपालिका-७ उढरापुरका २५ वर्षीय तौफिक खाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

बर्दिया प्रहरीका अनुसार खाँलाई भारतबाट नेपालतर्फ ब्राउन सुगर पैदल आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

ब्राउन सुगरसहित पक्राउ परेका खाँलाई आज बर्दिया जिल्ला अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरले लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्