बाँकेमा ३३ वर्षीया महिलामाथि जबरजस्ती करणी: पक्राउ परे ३० वर्षीय युवक शाही

आइतबार, मंसिर २१, २०८२
Honor 600 pro

कोहलपुर । बाँकेबाट प्रहरीले ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरले कोहलपुर  नगरपालिका-११ बस्दै आएका बैजनाथ गाउँपालिका-१ घर भएका ३० वर्षीय ललित शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार शाहीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीविरुद्ध कोहलपुर प्रहरीले जबरजस्ती करणी कसुरमा थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्