नेपालगन्ज बजारबाट २० लाख रुपैयाँ बढीको अवैध केराउ बरामद

शुक्रबार, मंसिर १९, २०८२

बाँके । बाँकेको नेपालगन्ज बजारबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको २० लाख रुपैयाँ बढीको मटर (केराउ) बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका -१ गुलरिया बसपार्क नजिक रहेको मुस्कान ट्रेर्डसमा छापा मारेर ११ सय ३० बोरा अवैध केराउसहित सन्चालक मुबारक अहमद कबडियालाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट भन्सार छली गरेर ल्याएको अवस्थामा गोदाममा भण्डारण गरिएको २० लाख ३४ हजार रुपैयाँ बराबरको ३३ हजार ९ सय किलो केराउ बरामद गरिएको हो।

बिहीबार साँझ बरामद गरिएको उक्त परिमाणको अवैध केराउ र सन्चालक बुकारकलाई आबश्यक कारबाहीका लागि आज नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। बाँके प्रहरीको कमाण्ड सम्हालेयता एसपी अंगुर जिसी अवैध ओसारपसारविरुद्ध खरो उत्रदै लाखौं रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गर्दै आएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्