कोहलपुरबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ

शुक्रबार, मंसिर १९, २०८२
Honor 600 pro

बाँके । बाँकेको कोहलपुरबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

प्रहरीले कोहलपुर नगरपालिका–११, लोकनगरबाट १८० मिलिग्राम ब्राउनसुगरसहित सोही ठाउँका २६ वर्षीय महेश थारू र २४ वर्षीय राजकुमार थारूलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालए जानकारी दिएको छ ।

प्रहरी बिट कौशिलानगरबाट खटिएको टोलीले महेश थारूको घरमा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि दुवै जनालाई पक्राउ गरेको प्रधान कार्यालयले जनाएको छ।

बुधबार राति पक्राउ परेका दुबै जनाविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद लिएर लागुऔषध कसुर इलाका प्रहरी कार्यालय कोहलपुरले  थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्