बैंकिङ कसूर मुद्दामा जेल सजाय पाएका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ

बिहीबार, मंसिर १८, २०८२
Honor 600 pro

बाँके। बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँकेको डुडुवा गाउँपालिका–३ का नन्दराम तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। 

बाँके जिल्ला अदालतबाट २०८१ साल माघ २० गतेको फैसलामा ६ लाख ५० हजार रुपैयाँ  जरिवाना र १ महिना कैद सजाय पाएका तिवारी लामो समयदेखि फरार रहदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

फरार रहेका तिवारीलाई नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका तिवारीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्