सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ। मोरङको विराटनगरस्थित कोशी राजमार्गको बरगाछीमा मोटरसाइकल दुर्घटनामा बेलबारी नगरपालिका-८ का ३० वर्षीय सहायक हवल्दार भीम खड्काको मृत्यु प्रहरीले जानकारी दिएको छ।
रानीबाट कञ्चनबारीतर्फ जाँदै गरेको अवस्थामा गए राति अन्दाजी साढे १२ बजे सहायक हवल्दार खड्का सवार बाप्र ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका खड्काको आज बिहान ४ बजे विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
मोरङ प्रहरीका अनुसार सहायक हवल्दार खड्का कोशी प्रदेश प्रहरी कार्यालय, रानीमा कार्यरत रहेका थिए।