कोहलपुर र नेपालगन्जबाट ब्राउन सुगरसहित तीन युवक पक्राउ

बुधबार, मंसिर १७, २०८२
Honor 600 pro

बाँके । बाँके प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित तीन युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले  नेपालगन्ज उपमहानगरपालिका–२२ बाट ९ सय   मिलिग्राम ब्राउन सुगरसहित राप्तीसोनारी गाउँपालिका–७ नन्कौपुरका २३ वर्षीय कमलेश कुमार गद्दीलाई पक्राउ गरेको हो।

यसैगरी दोस्रो घटनामा कोहलपुर नगरपालिका–१३ डुडुवा पुल क्षेत्रबाट ३९० मिलिग्राम ब्राउनसुगर  सोही नगरपालिकाका २२ वर्षीय सोम सागर परियारसहित दुई जनालाई मंगलबार दिउँसो कोहलपुरस्थित  प्रहरी बिट चप्परगौडीबाट खटिएको टोलीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

मंगलबार साँझ पक्राउ परेका कमलेशलाई जिल्ला प्रहरी कार्यालय बाँके र सोम सागरसहित पक्राउ परेका दुई जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले लागूऔषध नियन्त्रण ऐन अनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्