लागुऔषध नियन्त्रण ब्यूरोको फन्दामा परे २२३ ग्राम खैरो हेरोइनसहित कुलबहादुर

मंगलबार, मंसिर १६, २०८२
Honor 600 pro

काठमाडौं । खैरो हेरोइन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ठुलो परिमाणसहित एक जनालाई पक्राउ गरेको छ।

खैरो हिरोइनको बिक्रीवितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंसिर १२  गते एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नुवाकोटको  सुर्यगढी गाउँपालिका–२ घर भई हाल काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका–६ जितपुरफेदीस्थित डेरामा बस्दै आएका ४३ वर्षीय कुल बहादुर तामाङ रहेका छन्।  तामाङको डेरा कोठाबाट २२३ ग्राम खैरो हिरोइन र डिजिटल तराजु बरामद गरेको लागुऔषध नियन्त्रण ब्यूरो कार्यालय कोटेश्वरले जानकारी दिएको छ।

पक्राउ परेका तामाङमाथि लागूऔषध ९नियन्त्रण० ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले  जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्