बाँके प्रहरीले सुरु गर्‍यो बिपी चोकमा २४ सै घण्टा क्यूआरभी सेवा

सोमबार, मंसिर १५, २०८२

नेपालगन्ज। सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय, बाँकेले नेपालगन्ज -१२ स्थित बिपी चोकमा २४ घण्टा सक्रिय रहने क्विक रेस्पोन्स भेइकल (QRV) सेवा सञ्चालनमा रहेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चोरी, लुटपाट, झैँ–झगडा, सवारी दुर्घटना तथा अन्य आपराधिक क्रियाकलापलगायत आकस्मिक घटनाहरूमा तत्काल प्रहरी उपस्थितिको सुनिश्चितताका लागि तत्काल प्रतिकार्य  टोली तयार अवस्थामा २४ सै घण्टा राखिएको छ।

प्रहरीका अनुसार QRV टोलीले सार्वजनिक सुरक्षासम्बन्धी सम्भावित जोखिमलाई नियन्त्रण तथा घटनास्थलमा छिटो कारबाही गर्न सहयोग पुर्‍याउनेछ। साथै, आपराधिक गतिविधि वा शंकास्पद गतिविधिसम्बन्धी कुनै पनि जानकारी प्रदान गर्न  जिल्ला प्रहरी कार्यालय बाँकेले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

बाँके प्रहरीले प्रहरी सहायता तथा सूचना दिनका लागि यि  नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरेको छ।प्रहरीले आकस्मिक १०० नम्बर,९८५८०९१०९० र  ९८५८०९०५५५ मा सम्पर्क गर्न सकिने बताएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्