बाँकेबाट ब्राउन सुगरसहित दुईजना प्रहरीको नियन्त्रणमा

शुक्रबार, मंसिर १२, २०८२
Honor 600 pro

बाँके।  बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ।

जानकी गाउँपालिका–६ भाटनपुरबाट कोहलपुर नगरपालिका–१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहमदलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले भे ५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा  ५ ग्राम १८० मिलिग्राम  ब्राउनसुगर र नगद १३ हजार ७५ रुपैयाँ सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यसमध्यै अर्को घटनामा, कोहलपुर नगरपालिका–२ कौशीलानगरका २८ वर्षीय सागर जिसीलाई बिहीबार दिउँसो पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले जिसीको घरमा छापा मारेर  ब्राउनसुगर ४० मिलिग्राम  फेला परेको प्रहरीले जनाएको छ।

दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्