गैरहाजिर भएका २७ प्रहरीलाई तत्काल हाजिर हुन निर्देशन जारी

बुधबार, मंसिर १०, २०८२
Honor 600 pro

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको छ।

कार्यालयले उनीहरूको नाम, ठेगाना र गैरहाजिर भएको मितिसहितको विवरण सार्वजनिक गर्दै, बाटोको कानूनी म्याद बाहेक सबैलाई सात दिनभित्र अनिवार्य रूपमा हाजिर हुन आदेश दिएको हो।

निर्देशनमा भनिएको छ—कार्यलयमा उपस्थित हुँदा गैरहाजिर हुनुका कारणबारे सन्तोषजनक स्पष्टीकरण पेश नगरे कानुन अनुसार आवश्यक अनुशासनात्मक कारबाही अघि बढाइनेछ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्