सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले सेवामा आधुनिकीकरण गर्दै क्युआर कोड प्रणाली प्रयोगमा ल्याएको छ। कार्यालयमा आउने सेवाग्राहीको सुविधाका लागि कार्यालय परिसरमै नि:शुल्क पीडितहरुको निवेदन लेख्ने गरिएको साथै प्रविधिको ज्ञान भएका सेवाग्राही लक्षित क्युआर कोडमै विभिन्न निवेदनका नमुनाहरु कार्यालयको गेटमै राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
नागरिकका गुनासा, समस्यालाई छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्न यो प्रविधि लागू गरिएको प्रहरीले जनाएको छ। पहिले परम्परागत तरिकाबाट सेवा दिँदै आएकोमा अहिले क्युआर कोडको प्रयोगसँगै नागरिकलाई सहज पहुँच बढ्ने, समय बचत हुने र सेवा प्रवाह अझ द्रुत तथा व्यवस्थित हुने विश्वास धनौली प्रहरी कार्यालयको छ।
धनौली प्रहरीले विभिन्न ९ वटा निवेदनका लागि छुट्टाछुट्टै क्युआर कोडका नमुना सार्वजनिक गरेको छ। नागरिकले आफ्ना समस्या र पिरमर्का पठाउन लागि छुट्टै क्युआर कोड समेत राखिको जनाएको छ।प्राप्त उजुरी कार्यान्वयन भए–नभएको विवरण पनि सोही प्रणालीमार्फत उजुरीकर्तालाई उपलब्ध गराइने व्यवस्था मिलाइएको बताइएको छ।
क्युआर कोडमार्फत आउने उजुरीहरूको वर्गीकरण गरी तत्काल आवश्यकताअनुसार सम्बोधन गरिने धनौली प्रहरी कार्यालयले जनाएको छ।