ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी नवीन बाँके प्रहरीको नियन्त्रणमा

आइतबार, मंसिर ७, २०८२

नेपालगन्ज। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नवीन सुनारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ मंसिर ३ गते राति करिब पौने १० बजे नेपालग्न्ज उप–महानगरपालिका–१३ का सुरज गिरी लगायत व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए। उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवीनलाई पक्राउ गरिएको हो ।

बाँके जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी भएपछि, प्रहरीको सक्रियतामा नवीनलाई आज बिहान नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्