कांग्रेस सांसद शर्मासहित अहिलेसम्म पाँच जना पक्राउ

बिहीबार, साउन २५, २०८०
honor mob  winter sales

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्।

Honor x7 pad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्।

उनका अनुसार पक्राउ पर्नेमा डा.रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्।

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ। अहिले पनि सिआइबीको अपरेसन जारी छ। 

यसअघि बिहीबार दिउँसो सिआइबी टोलीले काठमाडौंको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो। शर्मा पक्राउ परेको विषयमा सिआइबीले संसद सचिवालयलाई दिउँसै जानकारी गराइसकेको छ।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले अनुसन्धान गरी पाऊँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले बिहीबार अपरेसन चलाएको थियो।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र किर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  २१:१७
प्रतिक्रिया दिनुहोस्