लागु औषध मुद्दामा फरार बैजनाथका टोप बाँके प्रहरीको नियन्त्रणमा

शुक्रबार, मंसिर ५, २०८२
Honor 600 pro

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले फरार प्रतिवादी पक्राउ अभियानलाई थप प्रभावकारी बनाउँदै लागगुऔषधसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ बस्ने टोपबहादुर रोकाया क्षेत्रीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। रोकायलाई बाँके जिल्ला अदालतले मिति २०८२ जेठ २७ गतेको फैसलामार्फत १५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो। फैसला जारी भए पश्चात्  फरार रहेका रोकायालाई प्रहरीले पछिल्लो निगरानी र सुराकीका आधारमा नियन्त्रणमा लिन सफल भएको हो।

पक्राउ परेका रोकायालाई आवश्यक कानुनी कारबाहीका लागि सम्मानित बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने विशेष अभियान जारी छ, र पछिल्ला दिनमा यस्ता धेरै फरार प्रतिवादीहरूलाई कानुनी प्रक्रियामा ल्याइँदै आएको छ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्