विशेष अदालतबाट जेल सजाय पाएका वडा सदस्यसहित ३ जना बाँके प्रहरीको नियन्त्रणमा

सोमबार, मंसिर १, २०८२
Honor 600 pro

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भ्रष्टाचार मुद्दामा फरार रहेका जनप्रतिनिधिसहित सरकारी कर्मचारीहरुलाई पक्राउ गरेको छ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतको २०७६ भदौ २३ गतेको फैसलामा दोषी ठहर भई जेल सजाय र जरिवाना सुनाएयता फरार रहेका ५८ वर्षीय वडा सदस्य करण सिंह थापा  मगर, ६२ वर्षीय नायब सुब्बा खिमलाल पाण्डे र ५३ वर्षीय सव-ओभरसियर नेत्र बिक्रम थारुलाई लिकिछिपी बसेको अवस्थामा बाँकेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष अदालतले तत्कालीन बैजनाथ गाउँपालिका-३ का वडा सदस्य मगर, दाङको तुलसीपुर उपमहानगरपालिका घर भएर हाल कोहलपुर -८ बस्ने राप्तीसोनारीमा कार्य गर्ने तत्कालीन  नायब सुब्बा पाण्डे र बैजनाथ-३ का सव-ओभरसियर थारुलाई जनही ३ महिला जेलका साथै ३७ हजार ९२१ रुपैयाँको जरिवानाको फैसला गरेको थियो।

पक्राउ परेका तीनै जनालाई आबश्यक कारबाहीका लागि आजै बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्