सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भ्रष्टाचार मुद्दामा फरार रहेका जनप्रतिनिधिसहित सरकारी कर्मचारीहरुलाई पक्राउ गरेको छ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतको २०७६ भदौ २३ गतेको फैसलामा दोषी ठहर भई जेल सजाय र जरिवाना सुनाएयता फरार रहेका ५८ वर्षीय वडा सदस्य करण सिंह थापा मगर, ६२ वर्षीय नायब सुब्बा खिमलाल पाण्डे र ५३ वर्षीय सव-ओभरसियर नेत्र बिक्रम थारुलाई लिकिछिपी बसेको अवस्थामा बाँकेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष अदालतले तत्कालीन बैजनाथ गाउँपालिका-३ का वडा सदस्य मगर, दाङको तुलसीपुर उपमहानगरपालिका घर भएर हाल कोहलपुर -८ बस्ने राप्तीसोनारीमा कार्य गर्ने तत्कालीन नायब सुब्बा पाण्डे र बैजनाथ-३ का सव-ओभरसियर थारुलाई जनही ३ महिला जेलका साथै ३७ हजार ९२१ रुपैयाँको जरिवानाको फैसला गरेको थियो।
पक्राउ परेका तीनै जनालाई आबश्यक कारबाहीका लागि आजै बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ।