नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अर्का एक डाक्टर पक्राउ

बिहीबार, साउन २५, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अर्का एक जना डाक्टरलाई पनि पक्राउ गरेको छ।

Honor x7 pad

सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा शिक्षण अस्पतालका डा. अमृत चौधरी पक्राउ गरेको हो।

सीआईबीले चलाएको ‘अपरेसन चार्ली फक्सट्रोट’ अन्तर्गत उनी पक्राउ परेका हुन् । आज मात्रै तीन जना डाक्टर पक्राउ परेका छन् । 

यसअघि डा. रञ्जितकुमार यादव र नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १९:४४
प्रतिक्रिया दिनुहोस्