खजुराको गुराँसपुरबाट तस्करीको ४८ क्विन्टल केराउ बाँके प्रहरीको नियन्त्रणमा

सोमबार, मंसिर १, २०८२
Honor 600 pro

बाँके । बाँकेको खजुराबाट प्रहरीले अवैध रुपले तस्करी गरेर ल्याइएको ४८ क्विन्टल बढी मटर (केराउ) बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा गाउँपालिका-२ गुराँसपुरबाट भारतबाट भन्सार छली गरेर ल्याइदै गरेको ५ लाख ७ हजार ७३० रुपैयाँ बराबरको  ४८ क्विन्टल २९ किलो  मटर बरामद गरिएको हो।

उक्त केराउ बाँके प्रहरीले कात्तिक २७ गते बरामद गरेर आबश्यक अनुसन्धान पछि आज नेपालगन्ज भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:२२
प्रतिक्रिया दिनुहोस्