डीआईजी बढुवाका लागि सिफारिस भए एसएसपी अधिकारी

सोमबार, मंसिर १, २०८२
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीका एसएसपी विश्व अधिकारी डीआईजी  बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई बढुवाका लागि सिफारिस गरेको हो। यसअघि उनी बढुवाबाट छुटेका थिए। त्यसबेला बढुवाका पहिलो नम्बरमा रहेका एसएसपी अधिकारीलाई छाड्दा पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गरिएको थियो।

विश्व अधिकारी २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुख थिए। आन्दोलनपछिको सरुवा क्रममा उनी परिसर काठमाडौंबाट हटाइएका थिए र उक्त जिम्मेवारी एसएसपी रमेश थापालाई दिइएको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्