सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँके र बर्दियाबाट प्रहरीले साढे ६१ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाँकेबाट मात्रै प्रहरीले ६१ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
बाँके प्रहरीले गरेको लागुऔषधविरुद्धको कारबाहीमा नेपालगन्ज-१० स्थित कृष्ण कटेजबाट नेपालगन्ज उपमहानगरपालिका-४ का २२ वर्षीय सहिल शेष र नेपालगन्ज-२ का १८ वर्षीय किशोरलाई ६१ ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
ठुलो परिमाणको ब्राउन सुगरसहित बिहीवार साँझ पक्राउ परेका उनीहरुविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा जिल्ला प्रहरी कार्यालय बाँकेले अनुसन्धान अगाडि बढाएको छ।
उता,बर्दियाको बढैयाताल गाउँपालिका-८ कन्ठपुरबाट बर्दिया प्रहरीले २४ वर्षीय बसन्त बुढालाई ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बर्दिया प्रहरीको टोलीले बाँसगढी नगरपालिका-९ माछागढ बस्ने २४ वर्षीय बसन्त बुढालाई २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बसन्तलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा ब्राउन सुगरसहित बिहीवार साँझ पक्राउ हो।
पक्राउ परेका बसन्तलाई पनि अदालतबाट म्याद लिएर इलाका प्रहरी कार्यालय मैनापोखरले थप अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।