ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी बाँके प्रहरीको नियन्त्रणमा

शुक्रबार, कात्तिक २८, २०८२
honor २२ sept

नेपालगन्ज । ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जाजरकोटको भेरी मालिका नगरपलिका- ४ का ३० वर्षीय निरज शाही रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कात्तिक ६ गते राति ८ बजे नेपालगन्ज उपमहानगरपालिका-१८ स्थित मिलन कटेजमा निरजले ज्यान  मार्ने उदेश्यले फलामको रड र धारिलो हतियारले हानेर ३ जनालाई घाइते बनाएका थिए।

उक्त घटना पश्चात्  फरार रहेका निरजविरुद्ध  बाँके जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी गरेको थियो।  

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले निरजलाई लुकिछिपी बाँकेमै बसेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पातली जानकारी दिएका छन् ।

कात्तिक २४ गते बाँके प्रहरीको नियन्त्रणमा आएका निरजविरुद्ध बाँके अदालतबाट ६ दिनको म्याद लिएर ज्यान मार्ने उद्योग मुद्दामा आबश्यक अनुसन्धान अगाडि बढाइएको डीएसपी पातलीले बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्