सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त आईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच गृह सचिव रामेश्वर दंगालले आईजीपे कार्कीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३ औं आईजीपी नियुक्त गरेको थियो ।
नवनियुक्त आईजीपी कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
यसअघिका नेपाल प्रहरीको आईजीपी आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर २६ गते राति १२ बजेदेखि अवकाशमा गएका छन् ।