सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेमो नेपालगन्जबाट ठुलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
लागुऔषध खरिदबिक्री भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिकाका दुई स्थानबाट १० ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित एक युवती र दुई युवक गरि ३ जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे नेपालगन्ज-९ ४९ वर्षीय नरेश खटिक र सुर्खेतको गुर्भाकोट नगरपालिका-७ घर भइ हाल नेपालगन्ज-१३ स्थित बुलबुलिया नजिक डेरा गरि बस्दै आएकी ४० वर्षीया सुनिता परियारलाई ८ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई थान मोबाइलसहित पक्राउ गरिएको हो।
कोठामै खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय नेपालगन्ज बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयकै टोलीले नेपालगन्ज-१६ स्थित जयसपु्रबाट २ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक सल्मान कबाडियालाई पक्राउ गरेको छ।
नेपालगन्ज-१५ घर भएका सल्मानलाई बुधबार राति खैरो हेरोइनको बिक्री गर्न जान लागेको अवस्थामा पक्राउ गरि आबश्यक कारबाही तथा अनुसन्धानका लागि वडा प्रहरी कार्यालय नेपालगन्जमा बुझाएको प्रहरीले जनाएको छ।