खजुराबाट ४ ग्राम बढी खैरो हेरोइनसहित २३ वर्षीय युवक पक्राउ

बुधबार, कात्तिक २६, २०८२

बाँके । बाँकेको खजुरा गाउँपालिका क्षेत्रबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

खजुरास्थित इलाका प्रहरी कार्यालय धनौली र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको संयुक्त टोलीले खजुरा गाउँपालिका-३ आदर्शनगरका २३ वर्षीय रोशन सुनारलाई ४ ग्राम ६३० मिलिग्राम खैरो हेरोइन र ६ हजार ६७५ रुपैयाँ नगदसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय धनौलीले जानकारी दिएको छ।

सोमबार दिउँसो खैरो हेरोइनसहित पक्राउ परेका रोशनविरुद्ध बाँके जिल्ला अदालतबाट म्याद थप गरेर लागु औषध कसुर इलाका प्रहरी कार्यालय धनौलीले आबश्यक अनुसन्धान अगाडि बढाएको जनाएको च।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्