२ किलो गाँजासहित श्रीलंकन महिला विमानस्थलबाट पक्राउ

आइतबार, कात्तिक २३, २०८२
Honor 600 pro

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले  २ किलो गाँजा सहित श्रीलंकन महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३२ वर्षीया श्रीलंकन महिला निरोगिनी मुरुगोन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ। 

विमानस्थल प्रहरी कार्यालयका अनुसार थाई लाइन  एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको हो। 

पक्राउ परेकी उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  १८:०४
प्रतिक्रिया दिनुहोस्