लापसे गरेका ५ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा

शनिबार, कात्तिक २२, २०८२
Honor 600 pro

काठमाडौँ । ट्राफिक प्रहरीले लागुपदार्थ (लापसे) गरेर सवारीसाधन चलाएको आरोपमा ५ जना चालकलाई पक्राउ गरेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका अनुसार उपत्यकाका चेकजाँचका क्रममा  विभिन्न स्थानबाट लापसे गरेका ५ जना चालकलाई नियन्त्रणमा लिइएको हो।

लापसे गरेर सवारीसाधन चलाएको आरोपमा ट्राफिक प्रहरीले रौतहट घर भई हाल बल्खु बस्ने बिकि ठाकुर हजाम, मकवानपुरका सोनाम सिंह घिसिङ, काठमाडौँका सुमन रुपाखेती,काभ्रेपलान्चोक घर भई फर्पिङ बस्ने अनिल मोक्तान र सुनसरी घर भई हाल कीर्तिपुर बस्ने रंजित कुमार कुशुहवालाई पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले पक्राउ गरेर लापसे गरेका चालकहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्