१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप ४० वर्षीय बोहरा पक्राउ

बिहीबार, कात्तिक २०, २०८२
Honor 600 pro

वीरेन्द्रनग । प्रहरीले ४० वर्षीय पुरुषलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ।

बालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ बस्ने  ४० वर्षीय हंस बहादुर बोहोरा रहेको सुर्खेत प्रहरीले जानकारी दिएको छ। 

सुर्खेत प्रहरीका अनुसार जुम्ला तिला गाउँपालिका-९ घर भएका बोहोरा वीरेन्द्रनगर बस्दै आएका थिए। बलात्कारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको हो।

पक्राउ परेका बोहरालाई हिरासतमा लिएर घटनाबारेमा  अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १६:०३
प्रतिक्रिया दिनुहोस्