प्रो-एक्टिभ भएर काम गर्छौ: इन्स्पेक्टर खड्का

मंगलबार, कात्तिक १८, २०८२
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जस्थित वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्काले "प्रो-एक्टिभ" भएर काम गर्ने बताएका छन् । 

Honor x7 pad

भर्खरै सरुवा भएर आएका खड्काले आज विहान आफ्नै कार्यालयमा पत्रकारहरुसंग 'परिचयात्मक कार्यक्रम' का क्रममा उनले 'रियाक्टिभ' भन्दा 'प्रो-एक्टिभ' भएर काम गर्ने बताएका हुन् ।

इन्स्पेक्टर खड्काले नेपालगन्ज नगरको संवेदनशिलतालाई ध्यान दिँदै शान्ति सुव्यवस्था कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताए । उनले संचारमैत्री भएर काम गर्ने प्रतिबद्धता जनाउँदै शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रणका लागि पत्रकारहरुबाट पनि आवश्यक सूचनाको अपेक्षा राखेको बताए ।

प्रहरी निरीक्षक खड्काले सीमा अपराध नियन्त्रण, लागूऔषध रोकथाम लगायतका विषय प्राथमिकतामा राख्ने बताएका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी,सुरक्षाखबरका प्रकाशक सौरभ गिरी  लगायतले पत्रकारहरुलाई सहज सूचना प्रवाह, समन्वय, सहकार्य तथा मिडियामैत्री भएर कार्य सम्पादन गर्न सुझाव दिएका थिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:३१
प्रतिक्रिया दिनुहोस्