वडा प्रहरी नेपालगन्जको कमाण्ड गर्न आइपुगे इन्स्पेक्टर शेखर खड्का

सोमबार, कात्तिक १७, २०८२
honor mob  winter sales

नेपालगन्ज ।  प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखर खड्काले  वडा प्रहरी कार्यालय नेपालगन्जको  कमाण्ड सम्हालेका छन। इन्स्पेक्टर खड्काले आइतबार  वडा प्रहरी कार्यालय नेपालगन्जको प्रमुखका रूपमा पदभार ग्रहण गर्दै नगरको शान्तिसुरक्षाप्रति कटिबद्ध भएर लाग्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

Honor x7 pad

वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड सम्हाल्दै इन्स्पेक्टर खड्काले इमान्दारितापूर्वक काम गर्न वडा प्रहरी कार्यालयमा कार्यरत सकल दर्जालाई निर्देशन दिएका हुन्।

कमाण्ड सम्हाले लगत्तै प्रहरी कर्मचारीलाई निर्देशन दिदै इन्स्पेक्टर खड्काले सबैभन्दा पहिला प्रहरी कर्मचारीको चालचलन सहि हुनुपर्ने बताउँदै संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र इमानदारीपूर्वक निभाउन निर्देशन दिएका हुन् । गलत कार्य जो सुकै भएपनि कानुनको दायरा ल्याउन पछि नहट्न प्रहरी कर्मचारीलाई इन्स्पेक्टर खड्काले निर्देशन दिएका हुन् ।

इन्स्पेक्टर खड्का केन्द्रीय अनुसन्धान ब्यूरो पिलर ४ बन्यजन्तु तथा वातावरणसँग सम्बन्धित अपराध अनुसन्धान शाखा लाजिम्पाटबाट सरुवा भएर वडा प्रहरी कार्यालय नेपालगन्जको कमाण्ड गर्न आइपुगेका हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १३:४६
प्रतिक्रिया दिनुहोस्