नेपाल प्रहरीको कारबाहीमा २३ करोड ४३ लाख बढीको राजस्व संकलन

शनिबार, कात्तिक १५, २०८२
honor mob  winter sales

सौरभ गिरी /काठमाडौं ।  नेपाल प्रहरीले आर्थिक वर्ष २०८२-०८३ को  असोज महिनाभरमा झण्डै साढे २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। देशभरमा प्रहरीले गरेको कारबाहीमा गत असोज महिनामा २३ करोड ४३ लाख ८३ हजार ३४०  रुपैयाँ  बराबरको राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयका अनुसार गत  असोज  मसान्तसम्म अदालती फैसला कार्यान्वयनतर्फ २ करोड  ८० लाख  ४०  हजार ३६६ रुपैयाँ राजस्व संकलन हुँदा ट्राफिक कारबाहीबाट ३  करोड ७३ लाख  १३ हजार  ५०९ रुपैयाँ  बराबर राजस्व संकलन गरेको प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरी प्रहरीले १ करोड ५८ लाख ७० हजार ८४५ रुपैयाँ  बराबरको अवैध सुन बरामद गरेको छ। असोजभरको एक महिनाको अवधिमा १५ करोड २४ लाख  २९ हजार  २१४ रुपैयाँको अवैध सामान बरामद गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले श्रोत नखुलेको १९ लाख ६४ हजार रुपैयाँ बरामद गर्दा अवैध नदीजन्य पदार्थको अवैध उत्खननको कारबाहीबाट ७ लाख ६३ हजार २८६ रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रहरीले  साउनमा ७ लाख ६५ हजार रुपैयाँको अवैध काठ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। त्यसैगरी २८ लाख २४ हजार ३९० रुपैयाँको अवैध पशुपंछी, १ लाख ६  हजार ४९६ रुपैयाँ बराबरको अवैध मुद्रा बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीको कारबाहीमा असोज  महिनामा अवैध चाँदीतर्फ  २ लख ४६ हजार ३०४  रुपैयाँ बरामद गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्