चोरीको मोटरसाइकल चलाइरहेका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

शनिबार, कात्तिक १५, २०८२
Honor 600 pro

काठमाडौँ । ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेका दुई युवकलाई पक्राउ गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले चोरीको मोटरसाइकलसहित मकवानपुरका ३२ वर्षीय सरोज लामा  र दाङका १९ वर्षीय हरि मगरलाई पक्राउ गरेको जानकारी दिएको छ।

ट्राफिक प्रहरीले उनीहरुलाई चोरी भएको बा ६६ प ५६८३ नम्बरको मोटरसाइकल प्रयोग गरिरहेको अवस्थामा  काठमाडौँ महानगरपालिका- ४ हिमाल डेन्टल हस्पिटल अगाडिबाट पक्राउ गरेको हो।

उपत्यका ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार अविनाश पुजारीले उक्त मोटरसाइकल बूढानीलकण्ठ नगरपालिका-११ लसुनटारबाट हराएको भन्दै ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए।

चोरी भएको मोटरसाइकलसहित पक्राउ परेका दुई युवकलाई आबश्यक कारबाही तथा अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्