तीन दिन अझै वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

बिहीबार, साउन २५, २०८०
honor mob  winter sales

काठमाडौं ।  देशभरका विभिन्न स्थानमा  पछिल्लो केही दिनया बर्षा भइरहेको छ । हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकेमा हिजोदेखि लगातार वर्षा भइरहेको छ।

Honor x7 pad

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर  अवस्थित रहेको छ।

अबको तीन दिन पनि देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। आज बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोसी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भोली शुक्रबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

विभागले नदीको जल सतह बढ्ने,  बाढी, पहिरोको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्