फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

शुक्रबार, कात्तिक १४, २०८२
Honor 600 pro

सुर्खेत । आफ्नै आमाको हत्या आरोपमा प्रहरीले ३० वर्षीय छोरालाई पक्राउ गरेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिका-१२ मसिनाटोलकी ५० वर्षीया धनिकला बस्नेतको हत्या आरोपमा प्रहरीले धनिकलाकै  ३० वर्षीय छोरा कबिराम बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

सुर्खेत प्रहरीका अनुसार कविरामले फरुवाले हान्दा गम्भीर घाइते भएकी आमा धनिकलाको उपचारका क्रममा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो। 

इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले आज बिहान छोरा कविरामलाई नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ।

कविरामले आमा धनिकलाको हत्या गर्नुको कारण अझै नखोलेको र घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

 

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १५:४८
प्रतिक्रिया दिनुहोस्