बाँके र बर्दियाबाट ७ जना युवक ५१ ग्राम ब्राउन सुगरसहित पक्राउ

बिहीबार, कात्तिक १३, २०८२
honor mob  winter sales

काठमाडौं । बाँके र बर्दियाबाट प्रहरीले ५१ ग्राम  लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। 

Honor x7 pad

प्रहरी प्रधान कार्यालयका अनुसार बाँकेबाट प्रहरीले ४९ ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१३ बाट उक्त परिमाणको ब्राउन सुगरसहित नेपालगन्ज-९ का ३८ वर्षीय चाँद अलि शेष र ३१ वर्षीय बब्लु शेषलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी बर्दिया प्रहरीले जिल्लाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट १ ग्राम २९० मिलिग्राम ब्राउनसुगरसहित बाँकेको बैजनाथ गाउँपालिका-५ बनकटुवाका २६ वर्षीय प्रकाश रेग्मी र २६ वर्षीय प्रदिप चौधरीलाई पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरी तोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो । 

अर्को घटनामा प्रहरीले बढैयाताल गाउँपालिका-२ फुटाहबाट ४५० मिलिग्राम ब्राउनसुगरसहित गेरूवा गाउँपालिका-४ गोलाका ३२ वर्षीय बिर बहादुर रावल, बाँकेको कोहलपुर नगरपालिका-५ बस्ने २५ वर्षीय सुरज शाही र भारतको कर्नाटकस्थित  ब्याङलोर बस्ने २४ वर्षीय सोयत साइतलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले उनीहरुलाई भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगरसहित पक्राउ गरेको हो । 

बाँकेमा बुधबार दिउँसो र बर्दियाम बुधबार राति पक्राउ परेका सातै जनाविरुद्ध सम्बन्धित जिल्ला प्रहरीले अदालतबाट म्याद थप गरेर लागुऔषध कसुरमा आबश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १७:५७
प्रतिक्रिया दिनुहोस्