डाँका-चोरी मुद्दाका फरार प्रतिवादी ३० वर्षपछि बाँके प्रहरीको नियन्त्रणमा

बुधबार, कात्तिक १२, २०८२
Honor 600 pro

नेपालगन्ज । बाँके प्रहरीले डाँका-चोरी मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई ३० बर्षपछि पक्राउ गर्न सफल भएको छ। यो जिल्ला प्रहरी कार्यालय बाँकेलाई ठुलो सफलता हो।

पक्राउ पर्नेमा राप्तिसोनारी गाउँपालिका-७ फत्तेपुरका ५० वर्षीय नन्कौ मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके जिल्ला अदालतले २०५१ चैत ८ गते नन्कौलाई डाँका-चोरी मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष ११ महिना ४ दिन कैद र ५ हजार २८६ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

अदालतको फैसला पश्चात् फरार रह्दै आएका नन्कौलाई आज बाँकेमा लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका नन्कौलाई आबश्यक कैद भुक्तानका लागि  बाँके जिल्ला अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १६:१०
प्रतिक्रिया दिनुहोस्