सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले एकाएक राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहेका एसएसपी रानाभाटले आज प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन् ।
२०५८ साउन १८ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका उनी २०८२ साउनमा रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए ।
एसएसपी रानाभाटले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले बताएका छन्। ‘पारिवारिक कामले राजीनामा दिएको हुँ । अरु त्यस्तो कुनै कारण छैन,’ रानाभाटले भने ।
रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।
रानाभाटले राजीनामा पेस गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । उनले भने– ‘उहाँले राजीनामा पेस गर्नुभएको छ।’
राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । एसएसपीको राजीनामा मन्त्रालयले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।