नौबस्ता कारागारबाट भागेका कैदी पक्राउ,४ लाखको अवैध सामाग्री बरामद

मंगलबार, कात्तिक ११, २०८२
honor mob  winter sales

नेपालगन्ज । जेनजी आन्दोलनको मौका छोपेर नौबस्ता कारागारबाट भागेका एक कैदीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका-३ का ४३ वर्षीय अब्दुल सलिम हलवाई रहेका छन् ।

Honor x7 pad

सलिम लागुऔषध मुद्दामा ६ जेल सजाय पाएर नौबस्ता कारागारमा बस्दै आउमे क्रममा गत भदौ २४ गते भागेका थिए। बाँके प्रहरीले सलिमलाई आबश्यक कैद भुक्तानका लागि नौबस्ता कारागार पठाएको जानकारी दिएको छ।

अवैध सामाग्री बरामद 

जिल्ला प्रहरी कार्यालय बाँकेले लाखौं रुपैयाँ बढीका भन्सार छलीका अवैध सामाग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगन्जका विभिन्न स्थानबाट अवैध रुपले ल्याइएका ४ लाख १८० रुपैयाँ  बराबरको भन्सार छलीका सामाग्री बरामद गरेको हो।

बाँके प्रहरीका अनुसार बरामद गरिएका सामाग्रीहरुमा अवैध लत्ताकपडा,जेन्स बेल्ट, मटर, पिय पदार्थ लगायतका रहेका छन् । बरामद गरिएका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  २१:२५
प्रतिक्रिया दिनुहोस्