नेपाल प्रहरीको ३३ औं प्रमुख बन्न चार एआईजीबीच प्रतिस्पर्धा

मंगलबार, कात्तिक ११, २०८२
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका वर्तमान प्रमुख आईजीपी चन्द्रकुबेर खापुङको अवकाश नजिकिदै गर्दा ३३ औं प्रहरी प्रमुखका लागि प्रतिस्पर्धा सुरु भएको छ।

Honor x7 pad

आईजीपी खापुङ प्रहरीको ३० वर्षे सेवा अवधि पूरा गरेर कात्तिक अन्तिममा अनिवार्य अवकाश जान लाग्दै गर्दा प्रहरीका चार जना एआईजीहरु भावी प्रहरी प्रमुखको दौडमा लागेका हुन् । पहिलो नम्बरमा रहेका एआईजी दानबहादुर कार्की, दोस्रोमा रहेका एआईजी राजन अधिकारी,तेस्रोमा रहेका डा.मनोज केसी र चौथोमा रहेका एआईजी सिद्दी बिक्रम शाह भावी प्रहरी प्रमुखका दाबेदार हुन् ।

३३ औं प्रहरी प्रमुखको दौडमा रहेका एआईजी कार्की,केसी र अधिकारी २०८२ वैशाखमा चन्द्रकुवेर खापुङसँगै एआईजीमा बढुवा भएका थिए भने शाह २०८२ जेठ १५ मा एकल एआईजीमा बढुवा भएका हुन् ।  वि.सं. कार्की,अधिकारी र केसी २०५४ चैत १८ मा इन्स्पेक्टरमा भर्ना भएका हुन् भने शाह २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरेर नेपाल प्रहरीमा आएका थिए । 

एआईजी कार्की हाल उपत्यका प्रहरी कार्यालय काठमाडौं,अधिकारी मानव श्रोत विभाग,केसी केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)र शाह राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगन्जमा कार्यरत रहेका छन् ।

७९ हजार ५४१ जनशक्ति रहेको प्रहरी संगठनको गतभदौ १९ देखि खापुङले कमाण्ड सम्हालेका थिए।२ महिना ७ दिन संगठनको नेतृत्व गरेर आईजीपी  खापुङ यही कात्तिक २६ गते अनिवार्य अवकाश जान लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्